अर्थतन्त्र

निरन्तर ओरालो लाग्दै सुनचाँदीकाे मूल्य, कति छ बजार भाउ ?

काठमाडाैं । आज पनि सुनचाँदीको मूल्य  घटेको छ । बिहीबारकाे तुलनामा शुक्रबार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिएकाे छ । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ९०० रुपैयाँले नै घट्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत