गाउँ सहर

लमजुङमा गएराति भूकम्पको धक्का

लमजुङ । गएराति लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर राति साढे दशबजे २.५ स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए ।

भूकम्प सानो गएकाले कतिपयले थाहा नपाएको बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत