प्रेरणा

सम्बन्धमा पैसालाई महत्व नदिनुहोस्, याे त प्रेम, विश्वास र सम्मानमा टिक्छ

काठमाडाैँ । कुनै पनि अवस्थामा, नकारात्मकताबाट जोगिनै पर्छ । सोच नकारात्मक भयो भने सफलता पाउन मुस्किल हुन्छ । हामी कुनै पनि काममा अगाडि बढ्छौं भने फर्कनबाट जोगिनुपर्छ, किनभने फर्कन पनि त्यति नै समय लाग्छ, जसमा लक्ष्यमा पुग्न सकिन्छ ।

यहाँ केहि यस्तै उद्धरणहरू जान्नुहोस् ...

  • हाम्रो बाेलीमा अमृत र विष दुबै छ । त्यसैले हामीले शब्दहरू बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ ।
  • मान्छेले काेसिस नगरे कुनैपनि काम बन्दैन, सानातिना काम पनि पूरा हुँदैनन् । यदि तपाईं लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भने काेसिस अवश्य गर्नुहोस् ।
  • आधा बाटोबाट फर्कनुले कुनै फाइदा दिँदैन, किनकी फर्कँदा पनि जति गन्तव्यमा पुग्न सकिन्छ त्यति नै दूरी तय गर्नुपर्छ ।
  • कहिलेकाहीँ हामी आफ्नो सुविधाको लागि केहि यस्ता काम गर्छौं, जुन सही होइन । यदि यस्तो कुनै घटना भयो भने, अब फेरि यस्तो नगर्ने संकल्प गर्नुपर्छ ।
  • यदि हामीले कुनै कामको बारेमा धेरै सोच्यौं भने, हामी त्यो काम कहिल्यै गर्न सक्दैनौं । काम सोचेर होइन, गरेर हुन्छ ।
  • हामीले दुःखबाट अनुभव लिन्छौं, ती अनुभवहरू संसारको कुनै पनि विद्यालयबाट लिन सकिँदैन ।
  • ध्यान राख्नुहोस् कि नियन्त्रित मन जस्तो तपस्या छैन, सन्तुष्ट जस्तो सुख छैन, लोभ जस्तो दुष्ट छैन ।
  • असफलताबाट निराश भएर हार नमान्नुहोस्, अर्को प्रयासमा मात्रै सफलता मिल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत