स्वास्थ्य

उपत्यकामा एकै दिन थपिए ३१४३ जना काेराेना संक्रमित

काठमाडाैं । उपत्यकामा ३१४३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं मात्रै ३१४३  जना संक्रमित थपिएका हुन् । 

काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

उपत्यकामा मात्रै ५४८६३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन् ।

देशमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा गरेको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार ५८१६ पिसिआर परीक्षणबाट र  २२०१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ५२९२ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै सोही अवधिमा १५ जना कोरोना संक्रमितकाे निधन भएकाे मन्त्रालयले बताएकाे छ । 

हाल देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत