गाउँ सहर

लाप्राकमा अत्याधिक हिमपात, कष्टकर बन्याे जनजीवन

काठमाडाैं । लाप्राक गाउँमा अत्याधिक हिमपात भएको छ । गोरखाको उत्तरी भेगमा रहेको धार्चे– ४, लाप्राक गाउँमा अत्याधिक हिमपात भएको हाे । बुधबारदेखि अत्याधिक चिसो बढेसँगै हिमपात पनि अत्याधिक बढेको हो । धार्चेको लाप्राक, नयाँ बस्ती, गुप्सीपाखा लगायतका गाउँमा हिमपातमा कारण जनजीवन कष्टकर बनेको नयाँ बस्तीकी माया गुरुङले जानकारी दिएका छन् ।

चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् भने गाउँमा आउजाउ समेत बन्द भएको छ । चिसोका कारण घरका छाना,पाली, छत भरिएका छन् । गाई बस्तुको स्याहारमा समेत समस्या भएको गुरुङले जानकारी दिए ।

गत पुसको दोस्रो हप्ता परेको हिउँ केही दिन पग्लन थालेको भए पनि पुनः हिजोबाट परेको हिउँले स्थानीय बस्ती कष्टकर बन्दै गएको सामुदायिक होमस्टे लाप्राकका अध्यक्ष दलवीर गुरुङले बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत