राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक भर्चुअल बस्ने

काठमाडाैं । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि डाकेको केन्द्रीय कार्यसमिति बैठक भर्चुअल बस्ने भएको छ ।

कोभिडका कारण केन्द्रीय समिति बैठक ‘भर्चुअल’ बस्ने गरी शुक्रबार ११ बजेका लागि डाकिएको महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । २० जनाको मनोनयन हुन बाँकी छ ।

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिका निकटनम प्रतिद्वन्द्वी स्वतस् केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा.शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् । सभापतिले ३३ जना मनोनित गर्न पाउने सुविधाअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचन जेठ ५ अघि गर्ने कि सार्ने भन्नेबारे छलफल केन्द्रित रहने बताइएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत