स्वास्थ्य

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुन: बृद्धि

काठमाडाैं । कोरोनाभाइरसबाट भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुन: बृद्धि हुन थालेकाे छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

एके दिन भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । याेसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय ससङ्क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन । ती मध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत