गाउँ सहर

स्कुटर चोर प्रहरी नियन्त्रणमा

काठमाडाैं । प्रहरीले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही गाउँपालिका–५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियार मंगलबार राति पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । 

बाँसगढी नगरपालिका–५ शान्ती मार्गटोल बस्ने बासुदेब पौडेलको घर अगाडि राखेको बामदेब पौडेलको मोटरसाइकल चोरी भएको थियो ।

चोरी भएको जानकारी आएलगत्तै तत्काल ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँसगढी नगरपालिका–५ स्थित सालघारी सामुदायिक जंगल नजिकै परियारले उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी स्कुटर सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत