अर्थतन्त्र

कति छ आज सुनचाँदीकाे बजार मूल्य ?

काठमाडाैं । आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएकोमा बिहीबार तोलामा नौं सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएकाे छ । बुधबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १२९० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत