कला

'मलाई कमजोरीसहितको चरित्रमा अभिनय गर्न मन लाग्छ' - प्रियंका चोपडा

  • एजेन्सी
  • १२ माघ बुधबार, २०७८ | २०:५४:०० मा प्रकाशित

नयाँदिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा थुप्रै महिला चरित्रको भूमिकामा अभिनय गरेकी छन् । 'म्यारी कोम' मा बक्सरको भूमिकादेखि 'क्वान्टिको' को एलेक्ससम्म ।

उनले पछिल्लो समय पर्दामा बलियो महिला चरित्रहरुमा अभिनय गर्दै आएकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा अभिनेत्री चोपडाले महिलालाई कमजोर देखाइएको भूमिका आफूलाई मन नपर्ने धारणा राखेकी छन् ।

'महिलालाई कमजोर देखाउनु, निर्णय लिन नसक्ने र पुरुष पात्रको तुलनामा भावनात्मक देखाएको चरित्र मलाई मनपर्दैन', म्याट्रिक्स रिजरेक्सन्सकी अभिनेत्री चोपडाले हालै इन्टरटेनमेन्ट विक्लीलाई भनेकी थिइन् । महिला भएकै कारण महिलालाई स्क्रिप्टमै कमजोर देखाइएको प्रवृतिमाथि धेरै पटक फिल्मकर्मीसँग लड्दै आएको पनि उनले बताइन् ।

हालै सरोगेसीबाट आमा बनेकी चोपडाले थपिन्, 'मलाई कमजोरीसहितको चरित्रमा अभिनय गर्न मन लाग्छ । मलाई लाग्छ आफ्नो कमजोरी स्वीकार्नुमा पनि एक किसिमको तागत हुन्छ ।'

एजेन्सी

तपाईँको मत