राजनीति

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा रहेका छन् ।

उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत