अर्थतन्त्र

बुधबार पनि घट्याे नेप्से, ४ अर्ब ३१ करोड बराबरकाे काराेबार

काठमाडाैं । शेयर बजार कारोबारको चौथो दिन बुधबार पनि घटेको छ । आज नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा थियो ।  

आज कारोबार रकममा पनि गिरावट आएको नेप्सेले जनाएकाे छ । आज ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको छ । मंगलबार ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको थियो ।   

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १२१६.६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६३ रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ । 

त्यसैगरी, पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत