गाउँ सहर

रामेछापसहित वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक भएका ५ जिल्ला

 

काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेकाे तथ्याँकअनुसार रामेछापसहित पाँच जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ ।

विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार यस्ताे देखिएकाे हाे । 

रामेछाप रामेछापको माइनस १.६५ प्रतिशतले वार्षिक जनसंख्या वृद्धिदर रहेकाे छ । 

त्यस्तै खोटाङको माइनस १.५६, मनाङको माइनस १.३२, भोजपुरको माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत रहेको छ । समग्र देशको १० वर्षको जनसंख्या वृद्धिदर भने ०.९३ प्रतिशत रहेको छ ।

देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२  प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत