गाउँ सहर

सबैभन्दा धेरै र सबैभन्दा कम जनसंख्या भएका जिल्लाहरु (तथ्यांकसिहत)

काठमाडाैं । नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौं र कम मनाङमा रहेको छ । विभाग अनुसार २०७८ को जनगणना अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौं र कम मनाङमा रहेको छ । आज केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङमा ५ हजार ६ सय ४५ जना रहेका छन् ।

दोस्रो स्थानमा मोरङ, तेस्रोमा रूपन्देही, चौँथोमा झापा र पाँचौमा सुनसरीमा सर्वाधिक जनसंख्या छन् ।

मनाङपछि कम जनसंख्या भएको जिल्लामा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ रहेको विभागले बताएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत