वातावरण

धुम्म माैसम, क्रमिक रुपमा सुधार हुँदै जाने

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले देशको तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको बताएकाे छ ।

पश्चिम तराई 

 केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ र मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।

मध्य तराई

केही स्थानहरूमा हुस्सु लागेको छ र मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।

पूर्व तराई

केही स्थानहरूमा हुस्सु लागेको छ र मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।

बिहानको समयमा देशका तराई भू-भागका केही स्थानहरूमा कुहिरो/हुस्सु लागेको छ र मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ । साथै चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन विभागले अनुराेध गरेकाे छ ।

क्षेत्र

जिल्लाहरू

पश्चिम तराई 

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही,नवलपरासी-पूर्व,नवलपरासी-पश्चिम

मध्य तराई

चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा

पूर्व तराई

सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा

गाउँ सहर संवाददाता

तपाईँको मत