गाउँ सहर
नेपालकाे जनसंख्या वृद्धिदर ८० वर्ष यताकै कम
- गाउँ सहर संवाददाता
- १२ माघ बुधबार, २०७८ | १२:११:०० मा प्रकाशित
काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले आज पारम्भिक रुपमा जनगणनाको नतिजा सार्वजनिक गरेको छ । विभागका अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम देखिएको छ । केन्द्रीय तथ्यांक विभागले आज पारम्भिक रुपमा सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार यस्तो तथ्यांक देखिएको हाे ।
नेपालमा अहिले कुल २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । १० वर्षको वीचमा करिव ९७ लाख मात्र जनसंख्या वढेको छ ।
यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव २७ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस