गाउँ सहर

काेभिडका कारण आन्तरिक हवाई उडानमा यात्रुहरूको चाप घटेसँगै उडानमा कटौती

काठमाडाैं । अहिले हवाई यात्रुहरूको चाप घटेको छ । कोरोना महामारी बढेसँगै हवाई यात्रुहरूको चाप घटेको हाे  । आन्तरिक हवाई उडानमा यात्रुहरूको चाप पहिलेको तुलनामा २५ प्रतिशतले घटेको बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले जानकारी दिएका छन् । 

जाेशीका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको ‘अहिले यात्रुहरूको चाप पनि घटेको छ । हामीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेको छौँ । खोप कार्डलाई पनि अनिवार्य गरेका छौँ ।’ प्रतिदिन ७० देखि ८० उडान भर्ने गरेको बुद्ध एयरले अहिले दैनिक ५५ देखि ६० उडान भर्ने गरेको  उनले बताए । 

हाल यात्रुहरूको चाप धेरै घटेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जनाए । उनका अनुसार ‘एउटा हेलिकप्टरले तीन दिनमा एउटा उडान भरिरहेको छ । मान्छेहरू पनि हिँडेका छैनन् । विवाहका लागि अलि अलि मान्छेहरू हिँडेका छन् । अति आवश्यक काममा लागि हिँड्ने यात्रुहरू केही छन् । नत्र मान्छे नै छैनन् । ४० प्रतिशत जति यात्रुहरू विवाहका लागि हिँडेका छन् ।’

अहिले हवाई उडानमा ५० प्रतिशत पनि यात्रु छैनन् । दिवा उडानमा यात्रु नभए पछि रात्रि उडान पनि भरिएको छैन । त्यस्तै उनले यात्रुहरूको सेवा सुविधाका लागि स्वास्थ्य मापदण्ड पालना गरेको बताए उनले भने, ‘हामीले यात्रुहरूको सेवा सुविधाका लागि स्वास्थ्य मापदण्ड पालना गरेका छौ ।  खोप कार्ड चेक गरेका छौँ । यात्रुहरूको निगरानी राखेका छौँ । एयरपोर्टमा पनि भिडभाड नहुने गरी सामाजिक दुरी कायम गरी सेवा सुविधा दिइरहेकाे कँडेलले जानकारी दिएका छन् । 

यात्रुहरूको सामानहरूमा समेत स्यानिटाइज गर्ने गरेको उनले बताए । यात्रु र कर्मचारीहरू बिचमा भौतिक दुरी कायम गर्दै सेवा दिइरहेका छौ । साथै  यात्रुहरूलाई  स्यानिटाइजर पनि उपलब्ध गराउने गरेका छौ । त्यस्तै उडान सकिएपछि जहाजमा स्यानिटाइज पनि गर्ने गरेका छौँ ।  यात्रु ओसार पसार गर्ने  गाडीमा सीमित यात्रु राख्ने गरिएको छ कँडेलले जानकारी दिए । 

उनका अनुसार हाल प्लेन र हेलिकप्टर गरी दैनिक ८० उडान हुने गरेको छ । ‘दैनिक डेढ सय उडान भर्ने गरेकोमा अहिले मुस्किलले ८० उडान हुन्छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत