अर्थतन्त्र

ताेलामा चार सयले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । सुनको मूल्य आज पनि बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३०० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत