वातावरण

देशभर आंशिक देखि सामान्यतया बदली, थोरै स्थानहरुमा हल्का वर्षा

काठमाडाैँ । आज २०७८ माघ १२ गते  (बुधबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

विभागका अनुसार राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत