अत्यावश्यक औषधि सिटामोल नपाएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता (पूर्ण पाठसहित)
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १४:५४:०० मा प्रकाशित
काठमाडाैं । सिटामोल नपाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अत्यावश्यक औषधि सिटामोल नपाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हाे । नुवाकोटको म्यगाङ गाउँपालिका ३ की सविया तामाङले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् ।
रिटमा उत्प्रेषण आदेश माग गरिएको छ । ‘सिटामोलको चरम अभाव भई यथावत् आपूर्ति हुन नसकेको, कतिपय मानिसहरूले औषधीमा कमिसन खाने कालो बजारी गर्ने जस्ता सङ्क्रामक रोग ऐनविरुद्धका मानवता विरोधी कार्य गरेको भन्ने जस्ता विषयहरू पुष्टि हुन्छ,’ रिटमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची ६ मा स्वास्थ्य सेवा प्रदेशको अधिकार सुचीभित्र पर्दछ ।’
रिट निवेदनमा देशभर औषधिको सहज आपूर्तिको लागी विपक्षीको नाम सर्वोच्च अदालत नियमावली २०७४ नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
‘देशभर पर्याप्त मात्रामा सहज आपूर्तिको लागी सिटामोल-पारासिटामोल विपक्षीको नाम सर्वोच्च अदालत नियमावली २०७४ नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ,’ रिटमा अगाडि भनिएको छ । ‘पारासिटामोल चक्कीलाई कालो बजारी गर्ने, औषधि आपूर्तिलाई सहज आपूर्ति गर्ने अवरोध खडा गर्ने, औषधिका, थोक तथा खुद्रा फार्मेसीमा अनियमित गर्ने व्यक्तिहरूलाई कारबाही गरी सहज रूपमा पारासिटामोल उपलब्ध गराउनु भनी विपक्षीको नाममा परमादेश समेत जारी गरी पाउँ । यो रिट निवेदन कोभिड-१९ को महामारी समेतको विषय भएको हुँदा अग्राधिकार दिई रिटको सुनुवाइ गरी पाउँ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस