स्वास्थ्य
मंगलबार थप २३ लाख ४० हजार डोज मोडर्ना खोप नेपाल आउँदै
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | ११:४९:०० मा प्रकाशित
काठमाडाैं । काेभिड विरुद्धको मोडर्ना खोप २३ लाख ४० हजार डोज नेपाल आउँदैछ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले मंगलबार २३ लाख ४० हजार डोज खोप आउने जानकारी दिएका छन् ।
खोप सरकारले विश्व बैंकको सहयोगमा खरिद गरेको चौरासियाले बताए ।
उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन । उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफैं गर्नेछ । सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ ।
सरकारले आफैं खरिद गर्ने गरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको उनले जनाए ।
सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस