पत्र-पत्रिकाबाट

बेहुला सवार रथ पल्टिँदा दुई जनाको मृत्यु

 काठमाडाैं । रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको हाे । दुर्घटनामा अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ । 

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका-३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम रहेका छन् ।

हिजाे बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो । आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको थापाले प्रहरीले बताएकाे छ । 

‘बढी मानिस चढेका कारण अनियन्त्रित भएर पल्टेको बुझिएको छ प्रहरीकाे अनुमान रहेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत