अर्थतन्त्र

शेयर बजारमा १००.१० अंककाे गिरावट, ८ अर्ब ८८ करोडकाे काराेबार

काठमाडाैं । शेयर बजारमा सोमबार उच्च अंकले गिरावट आएको छ । आज नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा थामिएकाे हो । आज ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १००५.५० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ ।  

कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटल नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यी कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।           
 

गाउँ सहर संवाददाता

तपाईँको मत