भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | ०८:०१:०० मा प्रकाशित
भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए ।
त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ ।
जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ । कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् ।
जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २०२ सङ्क्रमित थपिएका थिए ।
त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् ।
त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन् ।
यसैगरी जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ । यही माघ ८ गते एक सङ्क्रमितको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस