वातावरण

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सातै प्रदेशकाे माैसममा बदली, वर्षा र हिमपात हुने

काठमाडाैं । आज  सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशााखाले जनाएको छ ।

 

मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।   

 

गाउँ सहर संवाददाता

तपाईँको मत