स्वास्थ्य

२५ दिनमा नेपालमा काेराेना सक्रिय संक्रमित ७२ हजार १७६ बढे, निकाे हुने प्रतिशत पनि घट्याे

काठमाडौँ । हामी दैनिक कोरोनाभाइरसको प्रभावको बारेमा समाचार हेरिरहेका छौँ अनि भोगिरहेका छौँ । गाउँ सहर डटकमले २५ दिनको तथ्यांक विश्लेषण गर्दा नेपालमा यी दिनभित्रमा सक्रिय संक्रमितको संख्यामा नसोचेको वृद्धि देखिएको छ ।

यसबीचमा अर्थात, पौष १४ गते देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ थियो । तर माघ ९ गतेसम्ममा सो संख्या ७७ हजार ४० पुगेको छ । यसको मतलब ७२ हजार १७६ जना नयाँ रोगी थपिएका छन् ।

यसबीचमा रोगबाट मृतकको संख्यामा भने सुधार देखिएको छ । पौस १४ गतेसम्ममा ११ हजार ५९० जनाको मृत्यु भएको थियो । माघ ९ मा मृतकको संख्या ११ हजार ६५५ छ । यसबीचमा ६५ जनाको दुखद निधन भएको छ ।

खोपको कुरा गर्ने हो भने पौष १४ गते सम्ममा २ करोड ४२ लाख २६ हजार २४८ मात्रा खोप लगाइएको थियो भने माघ ९ सम्ममा २ करोड ९३ लाख ५ हजार ३८५ मात्रा खोप लगाइएको छ ।

माघ ९ सम्ममा ९ लाख १० हजार ३९४ पिसिआरबाट र १ लाख १२ हजार ९१३ जना एन्टिजेन विधिबाट पोजेटिभ पहिचान भएका छन् । यसमध्ये ८ लाख २१ हजार ६९९ जनाले भने स्वास्थ्य लाभ गरेका छन् । तर निको हुने दर अहिले घटेको छ ।

अहिले देशमा स्मार्ट लकडाउन चलिरहेको छ । बुझेरै पनि हुनसक्छ भिडभाडका क्षेत्रहरू शान्तप्रायः छन् । स्कूल-कलेज बन्द छन् । जिम, सभा-जुलुस छैन, गाडीमा जोरबिजोर छ । सेवाग्राहीस्थलमा स्वास्थ्य मापदण्ड कडाइ गरिएको छ । स्वास्थ्य सामग्री तथा औषधिमा नियोजित लुकावट देख्न सकिन्छ । महंगी बढेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत