शिक्षा

भाेलिदेखि हुने आईओएमअन्तर्गतका सबै परीक्षा स्थगित

काठमाडाैं । सोमबारदेखि हुने परीक्षा स्थगित गरिएको छ । आईओएम)अन्तर्गतका भाेलिदेखि हुने परीक्षा स्थगित गरिएको हाे ।

कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा स्थगित गरिएको आईओएमकी डिन डा.दिब्या सिंह शाहले जानकारी दिएकी छन् ।

शाहका अनुसार माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित गरिएको छ ।

नले भनिन् ‘कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने छ । स्थगित परीक्षाको तालिका चाडैं प्रकाशित हुन्छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत