शिक्षा

विद्यार्थीद्वारा चर्को शुल्क फिर्ता लिन माग गर्दै काठमाडौं मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

काठमाडौं । विद्यार्थीहरुले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको प्रहरीले जानकारी दिएकाे छ । 

चर्को शुल्क फिर्ता लिन माग गर्दै आज ७ विद्यार्थी संगठनले सिनामंगलमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा विप्लव निकट विद्यार्थीहरुले ताला लगाएका छन्  ।

 विद्यार्थीहरु अतिरिक्त शुल्कको बिरुद्ध केही दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत