पूर्वाधार

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौं । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।

 काठमाडौं महानगरपालिकाले चावहिल चोक र मित्रपार्कमा सार्न मिल्ने खालका आकाशे पुलको निर्माण थालेको हाे । 

आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।

उनले स्थानीयको मागानुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माणकार्य सम्पन्न हुने बताए ।

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । ०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइको हुनेछ ।

वडा-७ का अध्यक्ष शुद्ध डंगोलले चावहिल चोक जतिखेर पनि जाम भैरहने र भिडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण गरेको बताए ।

जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत