गाउँ सहर

प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएकाे छ । 

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उनलाइ अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको छ’, सचिवालय स्रोतले भन्यो, ‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत