स्वास्थ्य

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १ हजार ११० जना संक्रमित थपिएका हुन् ।

यस्तै गत २४ घण्टामा देशभर १० हजार २५३ जना संक्रमित थपिएका छन् भने १६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आज ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ४६२ पीसीआर तथा ५ हजार ७२५ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत