सडक/यातायात

यी सवारी साधनलाई भने जोर-बिजोर प्रणाली लागु हुँदैन, कोरोनाले विभेद नगर्ला - सचेत आफैँले हुने हो

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिबाट सवारी साधनमा जोर बिजोर प्रणालीमा लागू भएको छ । नयाँ भेरिअन्टसहितको कोरोनाभाइरस संक्रमण बढेकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर आदेश जारी भएको हो ।

नयाँ भेरिअन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएकाले रोग रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी बनाउन मापदण्ड तोकिएको ललितपुरका सहायक सिडिओ हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित) उपत्यका भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन भएकाे छ ।

अधिकारीका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैंक/बीमा/वित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, सूचना तथा प्रशारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई भने जोर-बिजोर प्रणाली लागु हुँदैन ।

काेराेनाले विभेद नगर्ला, सबैले सचेत हुनु जरूरी छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत