विश्व

पाँचदेखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

एजेन्सी । काेभिड विरूद्काे फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानमा कोरोनाभाइरस विरुद्को फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको हाे । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो ।

भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ ।

अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाई छ ।

जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ । विभित्र कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ ।

 नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिए ।

कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने, प्रतिकुल प्रभाव पर्ने भन्दै विमती पनि जनाएका छन् । विरोध हुँदै गर्दा पनि सरकारले सरोकारवाला तथा विज्ञहरूको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाई छ ।

अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९०.७ प्रतिशत प्रभावकारी देखिएको पनि उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत