स्वास्थ्य

शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द

काठमाडाैं । कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै गएपछि शनिबारदेखि उजत्यकाका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको हो ।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिएका छन् ।

काठमाडाैंका हनुमानढोका दरबार संग्रहालयका साथै मुख्य रुपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत छन् । कोरोना बढ्दै गएपछि सरकारले भीड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय बन्द गर्न लागेको हो ।

अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत