अर्थतन्त्र

कृषि विकास बैंकद्वारा क्युआर टेलर सेवाको सुरुवात, ग्राहकहरुले चेक बिनानै भुक्तानी लिन सक्ने

काठमाडौं । कृषि विकास बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलर सेवाको सुरुवात भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा QR Teller बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरू प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम,दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजय कुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा,  सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 


बैंकको मोवाइल र्बैकिग सेवा लिएका ग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा QR Code Scan गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने बैंकले बताएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत