‘डाेन्ट लाेड लेस देन टेन डलर’
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १३:३१:०० मा प्रकाशित
काठमाडाैं । भित्तामा झुण्डाइएकाे सेताेपाटीभरी सूचनै सूचना छ । बाेर्डमा झट्ट हेर्दा विद्यालय तथा क्याम्पसका कक्षा शिक्षकले लेखेर छाेडेकाेजस्ताे देखिन्छ । जहाँ विभिन्न रंगका मार्करले लेखेकाे देखिन्छ । तर याे कक्षा काेठाकाे भने हाेइन ।
सबैभन्दा माथि ठूलाे अक्षरमा लेखिएकाे छ-‘डाेन्ट लाेड लेस देन टेन डलर ।’
त्यसैगरि माेबाइल नम्बरदेखि वाइफाइकाे पासवर्ड तथा अन्य विभिन्न काेड भाषामा लेखिएका सूचनाहरूले बाेर्ड भरिएकाे छ ।
याे हाे अनलाइनमार्फत जुवा खेलाउने गरिएकाे ठाउँ हाे ।
प्रहरीले बिहीबार काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । पक्राउ पर्नेमा तीन जना सञ्चालक छन्। अरू कर्मचारीहरू हुन् ।
कीर्तिपुर-६ चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीया रविन खड्का, वडा १० का ४५ वर्षीय बुद्ध महर्जन, २० वर्षीया रोजा महर्जन र वडा ८ पाँगाका १९ वर्षीय साहिल महर्जन पक्राउ परेका छन् ।
यस्तै १९ वर्षीय हनिशा महर्जन, वडा १० नगाउँका ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, बझाङ घर भई कीर्तिपुर-५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना छन् । महाशाखाका अनुसार पक्राउ पर्नेमध्ये तीन जना १७ वर्षका समेत छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ पर्नेमध्ये सुजेन्द्र, प्रदीपमान र बुद्ध महर्जन अनलाइन क्यासिनोका सञ्चालक हुन् ।
उनीहरूले फेसबुकमार्फत् अमेरिकन तथा युरोपियन नागरिकहरूलाई सो गेम खेलाउने गर्थे ।
अमेरिकी तथा युरोपियन नागरिकलाई साथी बनाएर जुवा, फायर किलिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास-एक्स लगायत अनलाइन जुवा खेल्न उनीहरूलाई लिंक पठाउँथे । त्यसरी लिंक पठाएर अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षले तोकिएको पैसा समेत पुरस्कारको रूपमा दिने गरेको महाशाखाले जानकारी दिएको छ ।
उनीहरूले कम्तीमा पनि १० डलर राख्नुपर्ने बनाएको देखिन्छ । ‘डाेन्ट लाेड लेस देन टेन डलर’ अर्थात जुवा खेल्न दश डलरभन्दा कम लाेड गर्न नपाउने सूचना पनि जारी गरिएकाे बाेर्डबाट थाहा हुन्छ ।
उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ । पक्राउ परेका १२ जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस