पूर्वाधार

कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा भारतमा ७०३ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३.४७ लाख नयाँ संक्रमित भेटिएका छन् । 

हिजाेको तुलनामा शुक्रबार भेटिएका नयाँ संक्रमितमा ९ प्रतिशतको वृद्धि भएको छ जबकी संक्रमितको दर १६.४१ प्रतिशतले बढेर १७.९४ प्रतिशत पुगेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

पछिल्लो २४ घण्टमा ७०३ जनाको मृत्यु भएको छ । बिहिबारकाे तुलनामा मृत्यु हुनेको संख्या बढी छ । 

पछिल्लो २४ घण्टामा २.५१ लाखभन्दा बढी संक्रमित निको भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या २०.१८ लाख हो । 

भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ९,६९२ पुगेको छ । यसमा पनि अघिल्लो दिनको तुलनामा ४.३६ प्रतिशतको वृद्धि भएको हाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत