सडक/यातायात

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली, कुन दिन जाेर/बिजाेर सवारी साधन चलाउने ?

काठमाडौं । काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । 

यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।

लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्ने आदेशमा उल्लेख छ ।

सार्वजनिक सेवा लिँदा सबैले अनिवार्य रुपमा खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने पनि आदेशमा उल्लेख छ ।

शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउने र परीक्षाहरु सञ्चालन नगर्ने पनि आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।

यस्तै डिपार्टमेन्ट स्टोर, सपिङ मल लगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिईएको छ । सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ । यस्तै सार्वजनिक ठाउँमा थुक्न पनि प्रतिबन्ध लगाइएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत