राजनीति

मोहन बैद्यले नेतृत्व गरेकाेसहित तीन राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियमअनुसार तीनवटा दल खारेजीमा परेका हुन् ।

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन् ।

यी तीनै दलले लेखापरीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखापरीक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत