वातावरण

माैसम : बाग्मती तथा प्रदेश नं १ मा वर्षा र हिमपात

 

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ । त्यसैले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै शनिबार देशका पहाडी भू-भागहरूमा सामान्य देखी पूर्ण बदली  रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत