स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १७:४९:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।
यस्तै आज ६४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २१ हजार ७ पीसीआर तथा ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस