अर्थतन्त्र

बिहीबार नेप्सेमा ३२.९६ अंकको वृद्धि, काराेबार रकम भने खुम्चियाे

काठमाडाैं । शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार उच्च अंकले बढेको छ ।  आज नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा थामिएकाे छ । बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको थियो ।

आज कारोबार रकम भने घटेको छ । बिहीबार ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आईसीएफसी फाइनान्सको डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।       

गाउँ सहर संवाददाता

तपाईँको मत