गाउँ सहर

बुद्ध एयरको जहाज अवतरणा हुन नसक्दा यात्रु बेहाेस

काठमाडौं । बुद्ध एयरको जहाज अवतरणा हुन नसक्दा एक जना महिला यात्रु बेहाेस भएकी छन् । काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं  9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा लगभग ४५ मिनेटपछि मात्र अवतरण भएको थियाे ।

अाज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत