अर्थतन्त्र

सांग्रिला बैंककाे दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, सबै सूचक सकारात्मक

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासकाे भन्दा नाफा बढाएकाे छ भने सबै सूचकहरू प्रगति देखिएकाे छ । 

बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, निक्षेप तथा कर्जा लगायतमा बढोत्तरी आउँदा ५९ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

बैंकले ६ महिनमा खूद ब्याज आम्दानी बाटै ७९ करोड ५८ लाख आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी ५४ करोड मात्रै थियो । बैंकको संचालन मुनाफा २२ करोड २४ लाखबाट ३७ करोड ४१ लाख पुगेको छ ।

बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ । ६५ करोड ९५ लाखको रिजर्बको आकार ७२ करोड ४२ लाख पुगेको छ । बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ ।

बैंकको निक्षेप ९.८८ प्रतिशत र कर्जा २२.४४ प्रतिशत बढेको छ। बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको तथा प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।

बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेको छ । बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत