राजनीति

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने

काठमाडाैं । बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचन मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको हाे । आगमी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधानअनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको जानकारी दिएकाे छ ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलबार बसेको बैठकले कुनै निष्कर्ष दिन सकेको थिएन । जसले गर्दा बिहीबार पुनः बैठक बस्न लागेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत