गाउँ सहर

जरिवाना गराउँदा पनि मास्क लगाउन अटेरी, २७ प्रतिशत उपत्यकावासीको चिउँडोमा मास्क

काठमाडाैं । कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाडाैंमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिरायाे । 

मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए/नभएको बारे टोली नै बनाएर निगरानी थालिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । हिजो कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ । यस्तै, मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेहरुलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको थियाे ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । यस्तै, अहिले कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्रमा देखिएको भिड नियन्त्रणका लागि पनि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले तयारी थालेको छ ।

सरकारले सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड लागू गरे पनि त्यसको पालना भएको छैन ।

सार्वजनिक गाडीमा अहिले पनि भिड उत्तिकै छ भने कतिपय यात्रु र गाडीका चालक सहचालकसमेतले मास्क लगाउने गरेका छैनन् । तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने मापदण्ड पालना नगर्ने गाडीलाई कारबाही थालेको बताए ।

उनले सिट क्षमताभन्दा बढी यात्रु चढाउने र स्यानिटाइजर नराख्ने सार्वजनिक गाडीका बारेमा ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ मा सम्पर्क गरी सूचना दिन पनि आग्रह गरेका छन् । त्यस्ता गाडीलाई पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिबाना हुनेछ ।

२७ प्रतिशत उपत्यकावासीको चिउँडोमा मास्क

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड नपनाइएको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले एक वर्षअघि गरेको मास्कको प्रयोग, सामाजिक दुरी कायम नगरेको, सेनेट्राइजर तथा साबुनको प्रयोग सम्बन्धि एक अध्ययन गरेको थियो ।

उक्त अध्ययनको प्रतिवेदनममा उपत्यकामा ७२.१ प्रतिशतले मात्र मास्कको प्रयोग गर्ने पाइएको जनाएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले उपत्यकावासीले मास्कको प्रयोग सहि रुपमा प्रयोग नभएको बताउँछन् ।

व्यक्तिगत तहमा ४ हजार ५०२ जनामा गरिएको सर्वेक्षणमा ७२.१ प्रतिशतले मास्कको सही प्रयोग गरेको र २७.१ प्रतिशतले नाक नछोप्ने गरि लगाएको, चिउँडो मुनि लगाएको, हातमा झुण्डाएर हिड्ने गरेको पाइएको छ ।

उपत्यकामा २३ ठाउँमा रहेका मानिसमा सो अध्ययन गरिएको डा. ज्ञवालीले बताए । उनका अनुसार संस्थागततर्फ तरकारी बजार, सपिङमल, सरकारी र निजि अस्पताल, मालपोत, बैंक, सार्वजनिक यातायात लगायतका स्थानमा सर्वेक्षण गरिएकाे थिथाे ।

यसैगरी, ३१.२५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरी कायम गरेको पाइएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत