गाउँ सहर

यी सात कम्पनी समयमै काम नसकेपछि परे कालोसूचीमा

काठमाडौं । सरकारले समयमै काम नसक्ने ७ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नसक्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । 

आजदेखि लागु हुने गरी निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको र कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनि काम नगर्न निर्देशन दिइएको छ । 

खरिद कार्यालयको बुधबार सम्पन्न बैठकले आजदेखि  लागू हुनेगरी बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। सडक पूर्वाधार विकास कार्यालय  दाङको सिफारिसका आधारमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो।

यस्तै काठमाडौंको तारकेश्वर जगरपालिकाको सिफारिसमा बरदान कनसल्टेन्ट एण्ड कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो।  

कालोसूचीमा परेका अन्य कम्क्पनीमा डाइग्नोकेम– जय शम्भु जेभी, ग्रीन टेक प्रोजेक्ट प्रालि, एस.एन.सी निर्माण सेवा, शाह निर्माण सेवा तथा आरोग्य कन्स्ट्रक्सन प्रालि रहेका छन्।

आरोग्यलाई ३ वर्षका लागि तथा डाइग्नोकेम– जय शम्भु जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ भने अन्य कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन्। 

कालोसूचीमा परेका कम्पनीले एक वर्षसम्म सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत