वातावरण

पश्चिमी वायुको सामान्य प्रभाव, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली  प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज २०७८ माघ ०६ गते (बिहीबार) दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत