अर्थतन्त्र

नेप्से आज पनि ३८ अंकले घट्याे, काराेबार ६ अर्बमा खुम्चियाे

काठमाडाैं । साताकाे चाैथाे काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दाेहाेराे अंकले घटेकाे छ । 

यसदिन ३८.३५ अंकले घटेकाे छ भने काराेबार रकममा पनि गिरावट आएकाे छ ।

आज नेप्से २८९८.३१ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबार बजार २९०० अंकको बिन्दुबाट ओरालो झरेको छ । लामो समयपछि बजारले २९०० बिन्दु पार गरेपछि पुन त्यो बिन्दुबाट झरेको छ ।

२२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।

यसदिन बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीकाे शेयरमूल्य उच्च अंकले बढकाे छ ।  

सबैभन्दा धेरै शेयरमल्य घट्ने कम्पनीहरूमा घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायत छन् । 

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।        

गाउँ सहर संवाददाता

तपाईँको मत