शिक्षा

इलाममा फागुनदेखि कृषि विषयमा स्नातक तहकाे पढाइ हुने

इलाम । इलाममा फागुनदेखि कृषि विषयमा स्नातक तहकाे पढाइ शुरु हुने भएकाे छ ।

इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसले सम्बन्धन पाएकाले पढाइ शुरु हुने भएकाे हाे ।

कृषि स्नातक पढाइको लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको हो । सामुदायिक कृषि क्याम्पसले विद्यार्थीको भर्ना प्रक्रिया शुरु गरेको छ । भर्नाको लागि अनलाई आवेदन खुलाईएको क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालय र कृषि क्याम्पसको वेभसाइटबाट आवेदन भर्न सकिनेछ ।

आवेदन माघ १२ सम्म पेश गर्न पाइने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत